अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१४ | Colorodo: 19:29

भारतीय विदेश सचिव हर्षबद्र्धन र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेट

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:१४ मा प्रकाशित

नेपाल भ्रमणका रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ श्रींगलाले प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो ।

श्रींगलाले आजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेट गर्नुभएको छ । यसअघि उहाँले परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि भेटवार्ता गर्नुभएको थियो । बिहीबार बिहान चार्टर्ड जहाजमा काठमाडौं आउनुभएका श्रींगलाले राजनीतिक भेटवार्ता सुरू गर्नुअघि परराष्ट्र सचिव भरतराज पौडेल नेतृत्वको टोलीसँग बैठक गर्नुभएको थियो ।

उक्त बैठकमा दुई पक्षीय सहयोग र सहकार्यका धेरै विषयमा निकै फलदायी र उपयोगी छलफल भएको श्रींगलाले बताउनुभयो । विदेश सचिव श्रींगला शुक्रबार गोरखा र मनाङ जाने कार्यक्रम छ भने उहाँले भोलि नै नेपाल÷ भारत सम्बन्धबारे सम्बोधन पनि गर्ने बताईएको छ । हर्षवद्र्धन भोलि नै स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू