अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१२ | Colorodo: 06:27

नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउने १ हजार ४ सय नाघ्यो

बिआरटीनेपाल २०७७ मंसिर ११ गते ६:०६ मा प्रकाशित

नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १४ सय नाघेको छ । गएको २४ घण्टामा २३ जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १४ सय १२ पुगेको हो । पछिल्लो समय कोरोनाको गम्भीर लक्षण देखिएका व्यक्ति होम आइसोलेशनमा बस्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनस्वास्थ्यविद्ले बताउँदै आएका छन् । उनीहरुले लक्षण देखिएमा उपचारका लागि अस्पताल जान सुझाव दिँदै आएका छन् ।

यस्तै गएको २४ घण्टामा १४ सय ३७ जनाले कोरोनालाई जितेका छन् । योसँगै अहिलेसम्म २ लाख ९ हजार ४ सय ३५ जनाले कोरोनालाई जितेका छन् । यस्तै गएको २४ घण्टामा ९ हजार ४ सय ९१ जनाको नमुना परीक्षण गर्दा १६ सय १४ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । योसँगै सङ्क्रमितको सङ्ख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार ७ सय ९३ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू