अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

रेमिट्यान्समा देखिएन कोरोनाको असर, ३ महिनामा २ खर्ब ५८ अर्ब रुपैयाँ भित्रियो

बिआरटीनेपाल २०७७ मंसिर १० गते ६:३० मा प्रकाशित

कोरोना भाइरसको महामारीका कारण ठूलो असर पुग्ने अनुमान विपरीत रेमिट्यान्स बढेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १२ दशमलव ६ प्रतिशतले बढेर दुई खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स ५ दशमलव १ प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा रेमिट्यान्स ७ दशमलव ६ प्रतिशतले बढेर दुई अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो रकम ४ दशमलव ७ प्रतिशतले घटेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ९६ दशमलव ८ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको यही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ३ दशमलव ७ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन महिनामा ७८ दशमलव ६ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू