अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४२ | Colorodo: 01:57

यो माया के हो भन्दै आइन केकी (भिडियो)

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ८:२९ मा प्रकाशित

काठमाण्डौं । मलेसियामा बसेर विभिन्न सङ्गीत सिर्जना मार्फत नेपाली सङ्गीतमा योगदान पुर्याउदै आएका गीतकार राम कृष्ण महरा र उत्पादक गोविन्द प्रसाद साहको बिलकुलै नयाँ गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर लोकप्रिय गायक प्रमोद खरेलको रहेको छ । गीतमा शब्द रामकृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज) ले गीतलाई संगीतवद्द गरेका हुन् । गीतमा नारायण दंगालको सङ्गीत संयोजन रहेको छ।

वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी, दिनेश थापा (आयुष) र मनोज ओली फिचर्ड छन् । दिपेन बस्नेतले छायाङ्कन गरेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो । ओएसआर डिजिटल मार्फत भिडियो सार्वजनिक भएको हो ।

यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पूर्ण दर्शक, श्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया