अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१९ | Colorodo: 08:34

सात नेताको नामै किटेर गोकुल बास्कोटाको टिप्पणी– “टुकुडी कमान्डर बन्ने कि विशाल पार्टीको नेतृत्व गर्ने ” ?

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ६:०८ मा प्रकाशित

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व उत्कर्षमा पुगेका बेला प्रधानमन्त्रीसमेत रहेका यसका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र मानिने नेता गोकुल बास्कोटाले सात नेताको नामै किटेर चेतावनी दिनुभएको छ । पूर्व सञ्चारमन्त्रीसमेत रहेका बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमार्फत ‘नेकपाको दोस्रो पुस्ता’लाई फुटेको सानो पार्टीको नेतृत्वमा रमाउने कि एकीकृत ठूलो पार्टीको नेता बन्ने भनेर प्रश्न गर्नुभएको छ ।

‘नेकपाको दोस्रो पुस्ता (शंकर, जनार्दन, प्रदीप, टोपबहादुर, योगेश, सुरेन्द्र, विष्णुहरूले) निकटताको पहिचान बोकेर विभाजित टुकुडीको कम्पनी कमान्डरमा चित्त बुझाउने कि विशाल पार्टीमा सार्थक सैद्धान्तिक, वैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकीकृत पार्टीको नेतृत्व गर्ने? अब समयले परीक्षण माग्यो,’ बास्कोटाले ट्विटरमा लेख्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू