अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

चिनियाँ रक्षामन्त्री नेपाल भ्रमणमा आउने

बिआरटीनेपाल २०७७ मंसिर ५ गते ५:५९ मा प्रकाशित

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे यही मंसिर १४ गते नेपाल आउने तय भएको छ। उहाँ त्यही दिन आएर त्यही दिन स्वदेश फर्कने बताईएको छ । यसअघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने सूचना चिनियाँ उच्चस्तरीय भ्रमणसम्बन्धी तयारी गरिरहेका नेपाल र चीनका उच्च अधिकारीहरुलाई उद्धृत गर्दै एक सरकारी अधिकारीले जानकारी दिएका थिए । वेइ चीनका स्टेट काउन्सिलर पनि हुनुहुन्छ ।

‘दुईमध्ये एक आउने प्रस्तावमाथि छलफल हुँदा अन्ततः वेइ नै नेपाल आउने लगभग पक्कापक्की भएको छ,’ उच्च सरकारी स्रोतले भनेको छ । चीनका राष्ट्रपति सी चिनफिङले गत वर्ष अक्टोबरमा दुई दिवसीय नेपाल भ्रमण गरेपछि चिनियाँ उच्च अधिकारीको नेपालमा भ्रमण हुन लागेको हो। छिमेकी भारतले भने एकपछि अर्को सरकारी अधिकारीहरु नेपाल भ्रमणमा पठाइरहेको छ। भारतीय विदेशसचिव हर्षबर्द्धन स्रिङ्ला नोभेम्बर २६ मा दुईदिने भ्रमणका लागि नेपाल आउने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू