अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०९ | Colorodo: 09:24

‘जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो भन्ने भ्रम पर्योे’– नेपाली कांग्रेस

बिआरटीनेपाल २०७७ मंसिर ३ गते ५:५० मा प्रकाशित

सत्तारुढ दल नेकपाभित्रको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बताएको छ ।नेकपाभित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि जनताले आशंका गरिरहेको कांग्रेसको भनाइ छ ।

निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले टिप्पणी गर्नुभयो ।जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको उहाँको आरोप थियो ।

उहाँले सरकार संवेदनशील नबनेका कारण महामारी नियन्त्रण बाहिर गएकोसमेत बताउनुभएको छ ।डा. महतले सरकार महामारीबाट जनतालाई कसरी जोगाउनेभन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको आरोप लगाउनुभयो । महामारी नियन्त्रणमा सरकारले सुरुदेखि नै गम्भीरता देखाएको भए अहिलेको स्थिति नआउने उहाँको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू