अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४० | Colorodo: 14:55

गायक सचिन रौनियारको ‘जोगी भए’ सार्वजनिक (भिडियो )

बिआरटीनेपाल २०७७ कार्तिक ३० गते १०:१४ मा प्रकाशित

तीन दशकदेखि नेपाली साङ्गीतिक क्षेत्रमा सक्रिय गायक सचिन रौनियारको बिलकुलै नयाँ गीत ‘जोगी भए’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।चर्चित उखान, टुक्काहरू समाबेशगरी बनाइएको गीतमा बेनु पी मैनाली ‘ईट्टाघरे’को शब्द र दीपक शर्माको सङ्गीत रहेको छ । उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतमा सचिन रौनियार सँगै लोकप्रिय गायिका मेलिना राईको युगल स्वर रहेको छ ।

काग तिहारको दिन पारेर शुक्रवार सार्वजनिक गरिएको गीतमा पछिल्लो समयको सर्वाधिक सफल डान्सिङ्ग ग्रुप द कार्टुन क्रुलाइ फिचर्ड गरिएको छ । सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पवन सुशलिगको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । गायक सचिन रौनियारको यस अघिका धेरै गीतहरू दर्शकले रुचाएका छन् ।

प्रतिक्रिया