अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१२ | Colorodo: 14:27

विश्व साइकल यात्री पुष्कर शाह देश दौडाहामा

बिआरटीनेपाल २०७७ कार्तिक २४ गते ६:२२ मा प्रकाशित

विश्व साइकल यात्री पुष्कर शाह अहिले देश दौडाहामा रहनुभएको छ । उहाँले आफू स्वच्छ र सुरक्षित भएमा कोरोना भाइरसबाट जोगिने सकिने सन्देशका साथ आफूहरू साइकल यात्रामा निस्किएको बताउनुभएको छ । नेपाल माउन्टेन बाइकका लागि स्वर्णीम भूमि भएकाले अबको आन्तरिक पर्यटन साइकल पर्यटन हुन सक्ने सन्देश दिन पनि आफूहरू टुरमा निस्किएको शाहले बताउनुभयो ।

सगरमाथा आरोहरणसमेत गर्नुभएका शाहले नेपालमा साइकल चलाउनेलाई गरिब हो वा आर्थिक हैसियत कमजोर भएकालेमात्रै साइकल चलाउँछन् भन्ने चिन्तन हुनु गलत रहेको बताउनुभयो । विश्व साइकलयात्री शाहले एसइई उत्तीर्ण हुनासाथ आफ्ना नानी बाबुलाई रोजाएर मोटरसाइकल वा कार किनिदिनुभन्दा एउटा साइकल किनिदिएर बाँकी पैसा बैंकमा जम्मा गरी उनीहरूको पढाइमा खर्च गर्न आग्रह गर्नुहुन्छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ कात्तिक १९ गते महाकालीको चाँदनी दोधाराबाट सुरू भएको साइकल टुर इलामको श्रीवन्तसम्म गएर टुंगिने शाहले जानकारी दिनुभएको छ । अहिले दाङमा रहेको साईकलिष्टको टोलीले अव लुम्बिनी, पाल्पा र पोखरा पुग्ने गरी रूट तय गरेको छ ।

२४ दिने साइकल टुरमा १३ जना साइकलिष्टहरू सहभागी छन्। साइकल यात्रीहरूलाई पर्यटन बोर्डले दुइटा बस पनि उपलब्ध गराएको छ । त्योबाहेक अन्य सबै खर्च आफूहरूले गरेको शाहले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू