अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२९ | Colorodo: 22:44

राजेशपायल र निलमको गीत बेलायतमा भयो तयार, सन्तोष र सलिनाको अभिनय

बिआरटीनेपाल २०७७ कार्तिक २२ गते १४:०३ मा प्रकाशित

काठमाडौँ । लोकप्रिय गायक राजेशपायल राई र गायिका निलम रोजु राईको स्वर रहेको ‘पूर्वै सहर’ नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । निलमको सङ्गीतमा रहेको गीतका शब्द सृजना आलोक चाम्लिङ राईका रहेका छन् । प्रवासमा बसेर आफ्नो जन्मभूमिलाई धेरै सम्झिने र घर गाउँ गइहालौँ भन्ने इच्छा हुनेहरूको कथालाई जस्ताको त्यस्तै देखाइएको गीतको निर्देशन सन्त कुमार राईले गरेका हुन् ।

सरु राना गुरुङको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोमा सन्तोष राई र सलिना थापा मगरले अनस्क्रिन रोमान्स गरेका छन् । नेपालको याद मुटुभरि बोकेर परदेशी भूमिमा आफ्नो श्रम बेचिरहेको नेपालीहरूको कथा आफ्नो देश कला र संस्कृति र माटोको माया भएर पनि वर्षौँदेखि जन्मभूमि देखि पर रहेर बाच्नुपर्ने बाध्यता र देश प्रतिको मायालाई टपक्क टिपेर देखाइएको भिडियो बेलायतका मुख्य पर्यटकीयस्थलहरुमा छायाङ्कन गरिएको हो ।

भिडियोको छायाङ्कन बेलायतमै बसेर लामो समयदेखि व्यावसायिक रूपमा फोटोग्राफी तथा भिडियोग्राफी साथै डिजाइनर समेत रहेका सुमन श्रेष्ठले गरेका हुन् । निर्देशक राई नेपालमा एक दशकभन्दा बढी समय रङ्गमञ्च, केही टेलीशृंखल फिल्ममा काम गर्दागर्दै परिवारको साथ बेलायत पुगेर आफ्नो कर्ममा निरन्तर लागेका छन् । केही टेलीशृंखला समेत निर्देशन गरेका राईले पहिलो वाम्बुले भाषाको चलचित्र ढ्वाङ्कुमका निर्देशक समेत हुन् ।

प्रतिक्रिया