अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३५ | Colorodo: 22:50

गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको ‘निरमाया’ सार्वजनिक ( भिडियो )

बिआरटीनेपाल २०७७ कार्तिक २१ गते ९:३६ मा प्रकाशित

काठमाडौँ । गायक प्रमोद खरेल र गायिका अन्तरा उपाध्यायको युगल स्वरमा रहेको गीत ‘निरमाया’को म्युजिक भिडियो सार्वजनिक भएको छ। रमाइलो डान्सिङ शैलीको यस गीतमा शब्द सङ्गीत तुंग नेपालको रहेको छ । यस गीतलाई मोहित मुनालले सङ्गीत संयोजन गरेका हुन् ।

युवा युवतीको बिचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माको अभिनय देख्न सकिन्छ । शुभम् भुजेलले कोरियोग्राफी गरेको यस भिडियोलाई बुद्ध थापाले छायाङ्कन गरेका हुन् । भिडियोमा विकाश धमलाको सम्पादन रहेको छ । निकास खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो । ‘नेपसिस्टर्स’ (Nepsisters) को अफिसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

तुंग नेपालले विगत लामो समयदेखि नेपाली भाषा, साहित्य र सङ्गीतको जग्रेना गर्दै विदेशमा रहेको आजको नयाँ पुस्तालाई नेपाली कला संस्कृतिको बारेमा प्रशिक्षण प्रदान गर्दै आएका छन् । आगामी दिनहरूमा अझ स्तरीय सिर्जनाहरू प्रस्तुत गर्दै जाने तुंग नेपालले बताएका छन् ।

प्रतिक्रिया