अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२५ | Colorodo: 16:40

अर्थमन्त्री पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच शिष्टाचार भेट

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ८:०१ मा प्रकाशित

काठमाडौँ, कार्तिक १८ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट भयो ।

उक्त भेटमा अर्थमन्त्री पौडेलले नेपालको विकासका लागि भारत सरकारबाट निरन्तर प्राप्त सहयोगको लागि धन्यवाद दिनुभयो ।

अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भयो ।

अर्थमन्त्रीले भूकम्प पश्चातको पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगको लागि धन्यवाद दिनुभयो । साथै, कोभिड–१९ विरुद्ध नेपाल सरकारले चालेका कदमको जानकारी गराउनु हुँदै यस विरुद्ध सहकार्यको आवश्यकता रहेको बताउनु भयो ।

राजदूत क्वात्राले अर्थमन्त्री पौडेललाई बधाई दिनु हुँदै सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले नेपाल र भारतबिच धेरै पुरानो सम्बन्ध भएको उल्लेख गर्दै भारत सरकारले नेपालसँग सहकार्य गर्दै आगामी दिनमा सहयोगलाई निरन्तरता दिने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू