अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५२ | Colorodo: 04:07

खुलामञ्चमा खाना खुवाउन कसले रोक्दो रहेछ, हेरौँ ! – साझा पार्टी

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:४२ मा प्रकाशित

साझा पार्टीले बुधबार बिहान र बेलुका काठमाण्डौको खुलामञ्चमा असहायहरूलाई निःशुल्क खाना खुवाउने भएको छ । काठमाण्डौ महानगरपालिकाले खुलामञ्चमा निःशुल्क खाना खुवाउन रोक लगाएकोप्रति आपत्ति जनाउँदै साझा पार्टीले बुधबार बिहान र बेलुका खाना खुवाउँदा लाग्ने खर्च बेहोर्ने निर्णय गरेको साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणका कारण श्रमिक तथा असहायहरू भोकभोकै मर्नुपर्ने अवस्था सिर्जना भएका बेला सरकार आफैले उनीहरूको हेरचाह गर्नुको सट्टा नागरिकस्तरबाट भइरहेको परोपकारी कार्यसमेत रोक्न निर्देशन दिनु अमानवीयताको पराकाष्ठा भएको साझा पार्टीले निकालेको विज्ञप्तिमा भनिएको छ ।

लकडाउनपछि रोजगार गुमाएका वा असहायहरूलाई खुलामञ्चमा महिनौदेखि निःशुल्क खाना खुवाउने कार्यक्रम भइरहेकोमा सोमबार काठमाण्डौ महानगरपालिकाले रोक लगाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू