अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२३ | Colorodo: 17:38

पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु, गण्डकीमा थप ८ संक्रमितले ज्यान गुमाए

बिआरटीनेपाल २०७७ कार्तिक १८ गते ६:३९ मा प्रकाशित

पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरका ४ जना, बागलुङका २ जना तथा तनहुँ र नवलपुरका १ ÷ १ जना गरि थप ८ जनाको कोरोनाबाट मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशक डा. विनोद विन्दु शर्माले दिएको जानकारी अनुसार पोखरा महानगर ५ की ५९ वर्षीया महिला, पोखरा १३ का ५५ वर्षीय पुरुष, पोखरा ६ का ७२ वर्षीय पुरुष, र पोखरा ३ का ५२ वर्षीय पुरुषको संक्रमणबाट ज्यान गएको हो ।

यसैगरी, तनहुँ ६ ब्यासका ६६ वर्षीय पुरुष, बागलुङ ३ का ६६ वर्षीय पुरुष, बागलुङ ३ कै ६१ वर्षीय पुरुष र नवलपुर देवचुली ११ का ८० वर्षीय पुरुषको मृत्यु भएको निर्देशनालयले जनाएको छ । यस संगै अहिलेसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८८ पुगेको छ ।

प्रतिक्रिया