अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५५ | Colorodo: 17:10

पर्साका नेकपा नेता मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ

बिआरटीनेपाल २०७७ कार्तिक १७ गते ६:५१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्या आरोपित थप एकजना पक्राउ परेका छन् । विन्दवासिनी गाउँपालिका–४ मधवन निवासी ३२ वर्षीय उत्तम भनिने निरञ्जन तिवारीलाई वीरगन्ज महानगरपालिका–१६ इनर्वा गाउँबाट नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले बताउनुभयो ।

गत कात्तिक ६ मा नेकपाको विन्दवासिनी गाउँपालिकाको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच भएको झडपमा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा कात्तिक ७ गते वीरगन्जको एक निजी अस्पतालमा मृत्यु भएको थियो । झडपको क्रममा अर्को पक्षबाट तिवारी घाइते भएका थिए । घाइते भएपछि तिवारी नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए । झडप भएकै साँझ चौरसियाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको सूचना बाहिरिएपछि मेडिकल कलेजमा उपचार गराइरहेका उत्तम र उनका भाई चिन्टु तिवारी फरार भएका थिए । उत्तमलाई प्रहरीले नियन्त्रणमा लिएपनि चिन्टु अझै फरार छन् ।

चौरसिया हत्याको जाहेरी प्रहरीले दर्ता गर्न नमानेपछि कात्तिक १३ मा सरकारी वकिल कार्यालय मार्फत १२ जना माथि कर्तव्य ज्यानको मुद्दा दर्ता भएको थियो । नेकपा नेता तथा तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्तासहित १२ जना माथि मुद्दा दर्ता गराएका मृतकका भाई महेश चौरसियाले बताउनुभयो । १२ जना मध्ये हालसम्म तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुईजना झडपकै दिन पक्राउ परेका थिए । नेता गुप्तासहित ९ जना आरोपित अझै प्रहरी सम्पर्क बाहिर छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू