अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५७ | Colorodo: 22:12

पोखरामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

बिआरटीनेपाल २०७७ कार्तिक १४ गते ६:४१ मा प्रकाशित

पोखरामा कोरोना संक्रमणबाट थप दुई जनाको निधन भएको छ । मृतक दुई जनामध्ये एक जनाको अस्पतालमा र अर्काको होम आइसोलेशनमा बसिरहेको अवस्थामा शुक्रबार मृत्यु भएको जनाइएको छ ।पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान अन्तर्गतको कोरोना अस्पतालमा स्याङ्जाका संक्रमितको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. अर्जुन आचार्यका अनुसार मृतक वालिङ नगरपालिका–५ का ७० वर्षीय पुरुष हुन् । उनमा कात्तिक ९ गते कोरोना पुष्टि भएको थियो । उपचारको क्रममा शुक्रबार बिहान ८ बजेर ३५ मिनेटमा उनको मृत्यु भएको निर्देशक आचार्यले जानकारी दिनुभयो ।

मृतकमा कोभिडसँगै अन्य दीर्घ रोगसमेत रहेको उहाँको भनाइ छ । स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोरोना उपचार कक्षमा ज्यान गुमाउने उनी २२ औं संक्रमित हुन् । यस्तै, पोखरा–१५ का ८१ वर्षीय संक्रमित पुरुषको पनि शुक्रबार नै मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शुक्रबार बिहान उनको होम आइसोलेसनमा निधन भएको हो । उनमा १२ गतेमात्रै कोरोना पुष्टि भएको थियो । पछिल्लो विवरणअनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ भने ७ हजार २८१ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू