अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५१ | Colorodo: 22:06

नेप्सेमा सामान्य ‘करेक्सन’, ३ अर्बमाथि कारोबार

बिआरटीनेपाल २०७७ कार्तिक १३ गते ७:१८ मा प्रकाशित

बिहीबार सेयरबजारमा सामान्य ‘करेक्सन’ आयो ।बुधबार उल्लेख्य दरले उकालो लागेको नेप्से बिहीबार उतार चढावबीच नगन्यमात्र करिब २ अंकले रातो रहेर १६ सय ४५ कायम भयो ।कारोबार भने उच्च तीन अर्बमाथि रह्यो ।यसदिन आधा समूह रातो रहे भने आधा हरियो रहे । उत्पादनमूलक, विकास बैंक, होटल, वाणिज्य बैंक, वित्त र सामूहिक लगानी कोष ऋणात्मक रहे । उत्पादनमूलक समूहमा ३४ अंक अनि विकास बैंक र होटल समूहमा दोहोरो अंकको गिरावट आयो ।

बिमा, लघुवित्त, व्यापार, अन्य र जलविद्युत समूह भने उकालो लागे । निर्जीबन बिमा समूहमा ३९ अंकको वृद्धि आयो । व्यापार र लघुवित्त समूह पनि दोहोरो अंकले सुधारिए । यसदिन नेपाल स्टक एक्सचेन्जमा १९२ कम्पनीको एक करोड तीन लाख कित्ता सेयर तीन अर्ब चार करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू