अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०९ | Colorodo: 15:24

सरकारी कार्यालय खुले, तर कर्मचारी छैनन्

बिआरटीनेपाल २०७७ कार्तिक १३ गते ७:०२ मा प्रकाशित

बुधबारबाट सरकारी कार्यालय खुलेपनि कर्मचारीको उपस्थिति न्यून देखिएको छ । यो वर्षको दशैं बिदा मंगलबारबाट सकिएको छ । बुधबारबाट सबै सरकारी कार्यालय खुली काम सुचारु हुनुपर्नेमा बिहीबारको दिन पनि कार्यालयहरु खाली देखिएका छन् । मुख्यगरी मुलुकको प्रमुख प्रशासनिक केन्द्र मानिने सिंहदरबारका मन्त्रालयहरु पनि सुनसान देखिएका छन् । यसका साथै सिंहदरबार वरिपरि रहेका विभिन्न मन्त्रालयका विभागहरु पनि खाली देखिएका छन् ।

कोरोना संक्रमणको जोखिमकाबीच आफ्नो घर, जन्मस्थान गएका कर्मचारी काठमाडौं फर्केसँगै जोखिम झनै बढेको छ ।दशैं मनाएर फर्किएका कर्मचारी केही दिन ‘क्वारेन्टिन’मा बसेर कार्यालय जाने वा सिधै कार्यालयमा जाने भन्नेबारे सरकारको स्पष्ट नीति निर्देशन नहुँदा पनि कर्मचारीहरु कार्यालय जान अन्योल भएको देखिन्छ । यो वर्ष दशैं मनाउन काठमाडौं उपत्यकाबाट करिब ६ लाख मानिसहरु बाहिरिएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू