अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

नेकपा कार्यकर्ताको हत्याः वीरगन्जमा निरन्तर प्रदर्शन, प्रधानमन्त्रीलाई ज्ञापनपत्र

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:३२ मा प्रकाशित

पर्साको बिन्दबासिनी गाउँपालिका समितिका नेकपा सचिव मुकेश चौरसियाको हत्याको जाहेरी दर्ता गर्न माग गर्दै नेकपा पर्साले बुधबार पनि वीरगन्जमा प्रदर्शन गरेको छ ।बुधबार छैटौं दिन पनि चौरसियाका परिवार र नेकपा पर्साले प्रहरीविरुद्ध चर्को नाराबाजी गर्दै जाहेरी दर्ता गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् ।नगर परिक्रमापछि प्रदर्शनकारीहरुले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष जाहेरी दर्ताको माग गर्दै ज्ञापनपत्र पठाएका छन् ।

पाँचबुँदे ज्ञापनपत्रमा घटनामा संलग्नलाई कारबाहीको माग गर्दै मृतकलाई सहिद घोषणा गर्नुपर्नेलगायतका माग राखिएको छ । घटनामा संलग्न व्यक्तिहरुलाई प्रधानमन्त्रीले बचाउन खोजेको आरोप लगाउँदै अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेकपाका नेता तथा कार्यकर्ताहरुले घटनाका ‘मुख्य योजनाकार’ पूर्वसांसद राजकुमार गुप्तासहित १२ जना संग्लन व्यक्तिको जाहेरी दर्ता गर्न माग गर्दै लगातार प्रदर्शन गरिरहेका छन् ।

गुप्ताको नाम हटाएमात्र मुद्दाको जाहेरी दर्ता गर्ने जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गंगा पन्थले अडान लिएको उनीहरुको आरोप छ ।चौरसियाको शव अहिलेपनि ‘पोस्टमार्टम’का लागि वीरगन्जको नारायणी अस्पतालमा राखिएको छ । गएको बिहीबार पर्साको बिन्दबासिनी गाउँपालिकाको प्रसौनी भाटास्थित नवगठित नेकपा गाउँपालिका समितिको शपथग्रहण कार्यक्रममा नेकपाकै दुई समूहबीच झडप हुँदा गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू