अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५४ | Colorodo: 23:09

तातोपानी नाका आजदेखि सञ्चालनमा

बिआरटीनेपाल २०७७ कार्तिक १२ गते ७:१८ मा प्रकाशित

कोरोनाका कारण असोज २० गतेदेखि बन्द भएको तातोपानी नाका बुधबारदेखि सञ्चालनमा आउने भएको छ । चिनियाँ अधिकारीहरुबाट आजदेखि नेपाली भन्सार यार्डसम्म सामान पठाउन शुरु गर्ने सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभएको हो ।

ढकालले साँझसम्म तातोपानीमा चीन तर्फबाट सामान ल्याइदिने जानकारी ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले गराएको बताउनुभयो । उहाँले साँझबाट नाकाबाट सामान आयात शुरु भएको जानकारी दिनुभयो । कोरोना संक्रमणको जोखिमका कारण सर्तकता अपनाउँदै नाका सञ्चालन गर्न लागिएको ढकालको भनाइ छ । चिनियाँ अधिकारीहरुसँग भएको समझदारीअनुसार नेपालले नाकामा तयार पारेको आइसोलेसन यार्डमा चिनियाँ ट्रकले सामान ल्याएर छोडेर जानेछ ।

नेपालतर्फ चिनियाँ कन्टेनरले सामान ल्याएर राख्ने आइसोलेटेड ठाउँको मार्किङ्ग गर्ने काम सकिएको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताउनुभयो । उहाँले नेपाली यार्डमा रहेको आइसोलेटेड ठाउँमा चिनियाँ ट्रकले सामान छोडेर जाने र त्यहाँबाट नेपाली ट्रकले सामान लोड गर्ने गरी तयारी गरिएको बताउनुभयो । यसरी सामान ढुवानी गर्दा दैनिक ७ वटासम्म चिनियाँ कन्टेनर नेपालतर्फ आइपुग्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू