अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३७ | Colorodo: 18:52

खोटाङमा जीप दुर्घटना, तीनजनाको मृत्यु, चार घाइते

बिआरटीनेपाल २०७७ कार्तिक ११ गते ७:०४ मा प्रकाशित

खोटाङको बराहापोखरी गाउँपालिका–५, सोह्रखानीमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चारजना घाइते छन् । मंगलबार उदयपुर र खोटाङको सिमानामा पर्ने बराहापोखरी गाउँपालिकाको बङ्सिलाघाटमा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बराहापोखरी गाउँपालिका–६ का दक्षुमान राई, बराहापोखरीकै विश्व राई र उदयपुर चौदण्डीगढी नगरपालिकाकी बृहस्पति राई छन् । उदयपुरबाट चिसापानी आउँदै गरेको को१ज ३४७० नम्बरको जीप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

घाइतेहरुलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू