अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 15:39

पत्रकार महासंघले दियो सञ्चारगृहलाई चेतावनी

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते २२:०५ मा प्रकाशित

नेपाल पत्रकार महासंघले सञ्चारगृहलाई सबै श्रमजीवी पत्रकार, कामदाररकर्मचारीको बक्यौता, नियमित पारिश्रमिक, दशैं खर्चलगायतका सेवा–सुविधाहरु तत्काल भुक्तानी गर्न माग गरेको छ ।महासंघका महासचिव रमेश विष्टले बिहीबार विज्ञप्ति जारी गरी केही सञ्चारगृहले विगतमा उपलब्ध गराउँदै आएको दशैं खर्च, नियमित पारिश्रमिक तथा बक्यौता भुक्तानीसमेत यसपटक नगरेको जानकारी हुन आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल भुक्तानी गर्न माग गर्नुभएको हो ।

उहाँले तत्काल भुक्तानी उपलब्ध नगराए श्रमको सम्मान नगर्ने सञ्चारगृहहरुविरुद्ध कठोर हुन बाध्य हुने चेतावनीसमेत दिनुभएको छ । ‘महासंघमा प्राप्त गुनासाका सम्बन्धमा सञ्चारगृहहरुमा आकस्मिक अनुगमन गरी महासंघ तत्कालै समस्याग्रस्त सञ्चारगृहहरुकेन्द्रित दबाबमूलक आन्दोलनमा उत्रने व्यहोरा पनि अवगत गराइन्छ’(विज्ञप्तिमा उल्लेख गरिएको छ ।

महासंघले कोरोनाभाइरस (कोभिड(१९) महामारीको बहानामा निष्कासन गरिएकाको पुनःस्थापना, गैरकानुनी सरुवा रद्ध, घटाइएको पारिश्रमिक वृद्धिलगायतका श्रम समस्या समाधान गर्नपनि आग्रह गरेको छ ।

श्रमजीवी पत्रकार ऐन र त्यसअन्तर्गतका नियमावली तथा निर्णयहरु कार्यान्वयनमा सरकारी निकायको उदासीनताका कारण आमश्रमजीवी पत्रकारले कानुनमै किटान गरिएका सेवा–सुविधाहरु प्राप्त गर्न निरन्तर आन्दोलित हुनुपर्ने विद्यमान परिस्थितिको अन्त्यका लागि सरकार र सरोकारवाला पक्षसँग पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू