अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४९ | Colorodo: 08:04

छोरीहरूसँग म्युजिक भिडियोमा सञ्जीव लामाको जुनतारा

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ११:३९ मा प्रकाशित

धरान । धरानका पुरानो ब्याण्ड मिक्स मेलोडीका गायक सञ्जीव लामा अहिले प्रवासमै रहे पनि नेपाली गीतसङ्गीत क्षेत्रलाई छोड्न सकेका छैनन् । उनी विदेशमा रहँदा होस या स्वदेशमा राहेको बेला ,आफ्नो केही न केही सृजना श्रोतामाझ पस्केका नै हुन्छन् । यो पालि भने आफ्नो गृहनगर धरान आएको समयमा कोरोनाको कारणले धरानमै लकडाउनमा परे । उनले यही लकडाउनलाई सदुपयोग गर्दै यसपालि धरानका सङ्गीतकर्मीहरू रोहित मास्के, हेम सुब्बा , मनोज मोते सँग विभिन्न गीत रेकर्ड गर्नुको साथै सन्देशमूलक भिडियो समेत निकाले।यो सँगै उनले आफ्ना अधुरा थुप्रै गीतहरू रेकर्ड गरे भने दुई गीतहरू रेकर्ड गरी भिडियो समेत तयार गरेका छन्।

जब घाम डुब्छ म हुन्छु खुसी
के तिम्रो साथमा छ
मेरो जूनतारा, जूनतारा

सिल्भर इन्टरटेनमेन्ट को युट्युब च्यानल मार्फत भर्खरै रिलिज गरिएको यस गीतमा उनले आफ्ना दुई छोरीहरू कृस्टी र कृस्मा लामा लाई समेत अभिनय गराएका छन् ।छोरीहरूकै सम्झनामा गीतकार हांगयुग अज्ञातसँग मिलेर लेखेको गीतमा मनोज मोते सँग मिलेर उनले सङ्गीत तयार गरेका छन्।लकडाउनको समयमा छोरीहरू पनि सँगै धरानमै रहेकोले चोरीहरूकै लागि लेखिएको गीतमा किन उनीहरूलाई नै नखेलाउने भनेर अभिनय गराएको गायक लामा बताउँछन् ।

प्रशान्त तामाङको छायाङ्कन र सम्पादन रहेको गीतको भिडियो गायक लामा स्वयम्को निर्देशन रहेको छ ।उनले आफ्नो पुरानो गीत लौ है माया नमार घुम्न जाऊँ धरानको समेत रिरेकर्ड गरेर भिडियो तयार गरेका छन् । उक्त भिडियो चैँ दसैँ तिहार पछि रिलिज गर्ने तयारीमा छन् ।
म्युजिक भिडियो लिङ्क :

प्रतिक्रिया