अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४८ | Colorodo: 19:03

जहाजमा कोरोना संक्रमित बोकेर गएपछि नेपाल एयरलाइन्स हङकङमा प्रतिबन्धित

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:५५ मा प्रकाशित

हङकङ प्रशासनले नेपाल एयरलाइन्सलाई त्यहाँ उड्न प्रतिबन्ध लगाएको छ।यो प्रतिबन्धसँगै नेपाल एयरलाइनसका जहाजले अब नोभेम्वर ४ सम्म हङकङ उडान गर्न पाउने छैनन्। काठमाडौँबाट हङकङ उडेको जहाजमा ९ जना कोरोना संक्रमित पाइएपछि हङकङ प्रशासनले नेपाललाई त्यहाँ उड्न प्रतिबन्ध लगाएको हो। यो प्रतिबन्ध दुई साताका लागि हुनेछ।

यसअघि पनि हङकङले नेपाल एयरलाइन्सलाई १४ दिनको प्रतिबन्ध लगाएको साउथ चाइना मर्निङ पोस्टले जानकारी गराएको छ। यसअघि गएका ६ जना यात्रुमा कोरोना भाइरस देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू