अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२३ | Colorodo: 03:38

रअ प्रमुख गोयलसँग भेट नगरेको पुर्वप्रधानमन्त्रीहरु प्रचण्ड, देउवा र नेपालको स्पष्टोक्ति

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:५१ मा प्रकाशित

नेपालका तीनजना पूर्वप्रधानमन्त्रीहरुले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेट नभएको दाबी गर्नुभएको छ । गोयलले प्रधानमन्त्री केपी शार्मा ओलीसँग भेटे गरेको उहाँकै सचिवालयले सार्वजनिक गरे पनि नेकपाका अध्यय पुष्पकमल दाहाल प्रचण्ड , वरिष्ठ नेता माधवकुमार नेपाल र विपक्षी दलका नेता शेरबहादुर देउवाको भेट नभएको दाबी गर्नुभएको छ ।

तर सुरक्षा स्रोतका अनुसार तीनजना सँग गोयनले भेट गरेका छन्। गोयलसँगको भेट अस्वीकार गर्दै प्रचण्डको प्रेस सल्लाहकार विष्णुप्रसाद सापकोटाले भन्नुभएको छ , ‘सम्वेदनशील विषयमा झुट, कपोलकल्पित र भ्रामक समाचारप्रति खेद प्रकट गर्दै आम जनसमुदाय तथा सञ्चार जगतलाई भ्रममा नपर्न सचिवालय अपील गर्दछ।’

त्यस्तै नेता नेपालको सचिवालयले पनि गोयलसँग भेटिएको कुरालाई खण्डन गरेको छ। ‘ वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनि कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ, नेपालको सचिवालयले भनेको छ।

त्यस्तै देउवाको सचिवालयले पनि भेट नभएको बताएको छ। गोयल बुधबार दिउँसो काठमाडौँ आएर २१ घण्टापछि बिहीबार बिहान भारत फर्कनुभएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले विज्ञप्ति जारी गर्दै शिष्टाचार भेट भएको सार्वजनिक गर्नुभएको छ । उहाँले भन्नुभएको छ , ‘रअ का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ। उहाँ भेटको लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार आउनुभएको थियो।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू