अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३५ | Colorodo: 05:50

२१ राजनीतिक दलद्धारा सरकारविरुद्ध माइतीघरमा प्रदर्शन

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:४७ मा प्रकाशित

काठमाडौंको माइतीघरमा २१ वटा दलले विभिन्न माग राख्दै सरकारविरुद्ध प्रदर्शन गरेका छन् । पछिल्लो समय सरकारका काम कारबाहीको विरोध जनाउँदै २२ दलले संयुक्त रूपमा नाराबाजी गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिएको हो । आन्दोलनकारीहरुले वर्तमान सरकार विरुद्ध नाराबाजी गरेका थिए ।

सरकारले निःशुल्क रूपमा पीसीआर टेस्ट गर्नुपर्ने, पछिल्लो समय महिलामाथि बढेको बलात्कार र हिंसाको न्यूनीकरण हुनुपर्ने, कालापानी, लिम्पियाधुरा र सुस्तामा लुटिएको नेपाली भूमि फिर्ता, राष्ट्र हितविपरीतको एमसीसी खारेजी र कोभिड(१९ का बिरामीको निशुल्क उपचारको मागसहित प्रदर्शनमा प्लेकार्ड बोकेर प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू