अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०५ | Colorodo: 16:20

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोना संक्रमितले खानाका लागि क्यान्टिनमा नगद धरौटी राख्नुपर्ने

बिआरटीनेपाल २०७७ कार्तिक ६ गते ७:४७ मा प्रकाशित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोभिड– १९ (कोरोना) उपचारका लागि आएका बिरामीले खाना खानका लागि क्यान्टिनमा नगद धरौटी राख्नुपर्ने भएको छ । नेपाल सरकारले तोकेको निर्णयअनुसार भन्दै अस्पतालले कात्तिक ४ गतेबाट यस्तो नियम लागु गरेको निर्देशक डा. अर्जुन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ ।

‘‘नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयअनुसार यस अस्पतालमा कोरोना संक्रमण भइ उपचाररत व्यक्तिहरु (नेपाल सरकारले तोकेको लक्षित वर्गबाहेक) ले मिति २०७७ कात्तिक ४ गतेदेखि लागु हुने गरी सम्पूर्ण खर्च बिरामी स्वयंले व्यहोर्नुपर्ने जानकारी गराइन्छ,’’ अस्पतालद्वारा जारी सूचनामा भनिएको छ, ‘‘साथै बिरामीहरुको खाजारखाना स्वयं व्यवस्थापन गर्न असमर्थ भएमा अस्पताल क्यान्टिनबाट नगद धरौटी राखी उपलब्ध हुने व्यवहोरा समेत जानकारीका लागि अनुरोध गरिन्छ ।’’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू