अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५२ | Colorodo: 06:07

राष्ट्रपति बिद्यादेवी भण्डारीद्वारा २ महिनाको तलब र चाडपर्व खर्च कोरोना उपचार कोषमा जम्मा

बिआरटीनेपाल २०७७ कार्तिक ५ गते ६:४९ मा प्रकाशित

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक जम्मा गर्नुहुने भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड –१९को रोकथाम एवं नियन्त्रणका लागि स्थापित सो कोषमा आफूलाई चाडपर्व खर्चबापत प्राप्त हुने रकम पनि राष्ट्रपतिले प्रदान गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत बुधबार जानकारी दिनुभयो ।

राष्ट्रपतिले पारिश्रमिकस्वरुप मासिक १ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पाउनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू