अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२६ | Colorodo: 11:41

नेप्से १३ दशमलव २२ अङ्कले बढ्यो, १ अर्ब २७ करोड बढीको कारोबार

बिआरटीनेपाल २०७७ कार्तिक ४ गते ७:०१ मा प्रकाशित

शेयर बजारमा कारोबार मापक नेप्से परिसूचक मङ्गलबार १३ दशमलव २२ अङ्कले बढेको छ । मङ्गलबार परिसूचक बढेर १५ सय ८१ दशमलव ६० अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।मङ्गलबार कारोबार हुने सबै समूहको उपसूचक बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा कम्पनी समूहको उपसूचक ७८ दशमलव १२ अङ्कले बढेको छ । मङ्गलबार ’क’ वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ६५ अङ्कले बढेको छ ।

बजार सुधार भएको दिन मङ्गलबार एक अर्ब २७ करोड १८ लाख रुपैयाँ बराबरका ५० लाख २४ हजार कित्ता शेयर किनबेच भएका छन् । अरुण काबेली पावर लिमिटेडको सबैभन्दा धेरै नौ करोड रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएको छ । मङ्गलबार जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका शेयर लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै दुई प्रतिशत गुमाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू