अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

चिनियाँ कम्युनिष्ट पार्टीले नेपालका सबै राजनीतिक दलका नेतासँग अन्तरक्रिया गर्दै

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ७:०९ मा प्रकाशित

‘ट्रान्स हिमालयन मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल)लाई लिएर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले भोलि मंगलबार नेपालका सबै राजनीतिक दलका शीर्ष नेताहरूसँग अन्तरक्रिया गर्ने भएको छ।

नेकपा स्रोतका अनुसार सीपीसीका विदेश विभाग प्रमुख सङ ताओ नेतृत्वको टोलीले दिउँसो १ बजे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विदेश विभाग प्रमुख माधवकुमार नेपाल, नेपाली कांग्रेसका प्रकाशशरण महत, जनता समाजवादी पार्टी (जसपा)का बाबुराम भट्टराईलगायत नेतासँग ‘भर्चुअल’ अन्तरक्रिया गर्न लागेका हुन्।

सीपीसीले नेपालका सबै राजनीतिक दलका नेतासँग एकैठाउँमा रहेर अन्तरक्रिया गर्न लागेको यो पहिलो पटक हो।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू