अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

प्रदेश १ का सांसदले दसैं खर्च लिएनन्

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ७:०९ मा प्रकाशित

संघीय सांसद तथा अन्य प्रदेशका प्रदेशसभा सदस्यहरुलाई दसैं खर्च बापत रकम उपलब्ध गराइएपनि प्रदेश १ का सांसदहरुले दसैं भत्ता लिएका छैनन् । प्रदेश १ सभाका सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ मा प्रदेशसभा सदस्यहरुलाई दसैं खर्च उपलब्ध गराउने व्यवस्था नभएकाले नदिने निर्णय गरिएको बताउनुभयो ।

प्रदेशसभा सदस्यका स्वकीय सचिवहरु कर्मचारी सो सरह भएकाले उनीहरुलाई दसैं खर्च भने उपलब्ध गराएको छ । प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । प्रदेशसभाका ९३ सदस्यमध्ये नेकपाको ६७, कांग्रेसका २१, संघीय समाजवादी फोरम ३, स्वतन्त्र, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक/एक सदस्य छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू