अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:०५ | Colorodo: 03:20

यातायात मन्त्री बसन्त नेम्वाङलाई कोरोना संक्रमण

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ७:०८ मा प्रकाशित

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बसन्त नेम्वाङमा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्री नेम्वाङले सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । हाल आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले उल्लेख गर्नुभएको छ । मन्त्री नेम्वाङ मन्त्री निवासमा होम आइसोलेसनमा रहनुभएको छ ।

मन्त्री नेम्वाङले आफ्नो सम्पर्कमा आएकाहरुलाई स्वास्थ्यमा ख्याल गर्न समेत आग्रह गर्नुभएको छ । यसअघि पर्यटनमन्त्री योगेश भट्टराई र शिक्षामन्त्री गिरीराजमणी पोखरेललाई समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू