अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४६ | Colorodo: 10:01

आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा आराधना गरियो

बिआरटीनेपाल २०७७ कार्तिक ३ गते ६:४६ मा प्रकाशित

दशैंको तेस्रो दिन आज चन्द्रघण्टा भगवतीको पूजा आराधना गरिएको छ । घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ । दशैंको तेस्रो दिन आज कोभिड महामारकिा बीचपनि अघिल्ला दिनहरुको देशभरीका नवदुर्गाका मन्दिर र शक्तिपीठहरुमा भक्तजनहरुको भीड लागेको छ ।

सरकारले यसअघि नै कुनैपनि मन्दिर र शक्तिपीठमा नित्यपूजा सञ्चालन गर्न बाहेक सर्वसाधारणका लागि पूजाआजा गर्न रोक लगाएको छ । तरपनि केही मानिसहरु भने कोभिड संक्रमणको जोखिमको प्रवाह नगरी मन्दिर तथा शक्तिपीठहरुमा पूजाआजा गर्न पुगेका छन्। दशैंको नवदुर्गामा देवी भगवतीका विभिन्न स्वरुपहरुको पुजाआराधना गर्ने प्रचलन रहँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू