अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१९ | Colorodo: 18:34

गिनिज विश्व रेकर्डमा उदयपुरका चित्रकुमार कार्कीको नयाँ किर्तिमानी

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:२० मा प्रकाशित

उदयपुरका युवा चित्रकुमार कार्कीले ’मस्ट अल्टरनेटिभ हिट्स विथ अ टेनिस ¥याकेट ’ मा विश्व रेकर्ड कायम गरेका छन् । उनले अमेरिकी नागरिक जोन पेरी टक्सनले १ डिसेम्बर २०१९ मा राखेको रकर्ड तोडेका हुन् । ३० सेकेन्डमा ९७ स्कोर गर्दै गिनिज विश्व रेकर्डको उक्त टाइटल जितेका अमेरिकीलाई कार्कीले हालै ३० सेकेन्डमा १०२ स्कोर गर्दै गिनिज विश्व रेकर्डको उक्त टाइटल आफ्नो नाममा दावी गरेका हुन् ।

आइतबार ललितपुरस्थित वल्र्ड रेकर्ड फाउन्डेसनको सभाहलमा भएको कार्यक्रममा कार्कीले सो स्कोर बनाउन सफल भएका थिए । उक्त कार्यक्रममा कार्कीको प्रतिस्पर्धा अल्ट्रा ग्रुपका प्रतिनिधि उत्तम खनालले प्रमुख अतिथिको रुपमा अवलोकन गरेका थिए ।

फ्याल्यास टेनिस एकेडेमीका अध्यक्ष श्रवण कार्की, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय महासचिव हरि रेग्मी लगायतको उपस्थितिमा कार्कीले आफ्नो रेकर्ड दावी गरेका हुन् । कार्कीले यसअघि नै उल्टोर्फबाट मोटरसाइकल चलाएर विश्व रेकर्ड कायम गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू