अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

नेपाली सेनाको पृतनापति सम्मेलन आजदेखि

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:१६ मा प्रकाशित

नेपाली सेनाले आजदेखि पृतनापति सम्मेलन गरेको छ ।सम्मेलनमा मुलुकको समग्र शान्तिसुरक्षाका साथै कोभिड–१९ प्रतिकार्यमा प्राप्त भइरहेको सफलता, आँकलन र भावी रणनीतिबारे समीक्षा हुने छ । प्रत्येक ६/६ महिनामा नियमितरुपमा हुने सम्मेलन यस पटक भने भर्चुअल माध्यमबाट हुने नेपाली सेनाले जनाएको छ ।

सेनाका आठ पृतनापतिले सम्मेलनका क्रममा आफ्ना कार्य क्षेत्रमा भए गरेका उपलब्धि, देखिएका चुनौती र समाधानका लागि चालिनुपर्ने कदमबारे रायसुझावसहितको प्रस्तुतीकरण गर्ने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

नेपाली सेनाको पूर्वी कामु पृतनापतिमा सन्तोष ढकाल, मध्यपूर्वी पृतनापतिमा सुरेश कार्की, मध्यपृतनापतिमा ताराध्वज पाण्डे, उपत्यका पृतनापतिमा आनन्दकुमार अधिकारी, पश्चिम पृतनापतिमा गोकुल भण्डारी, मध्यपश्चिम पृतनापतिमा सञ्जय थापा, उत्तरपश्चिम पृतनापतिमा विज्ञानदेव पाण्डे र सुदूरपश्चिम पृतनापतिमा निर्मलकुमार थापा रहनुभएको छ ।

उपरथीको नेतृत्वमा रहने सेनाका पृतना इटहरी, धनुषा, हेटौंडा, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू