अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३६ | Colorodo: 16:51

प्रधानमन्त्री ओलीद्धारा नेपाली सेनाको मुक्तकण्ठले प्रशंसा

बिआरटीनेपाल २०७७ कार्तिक २ गते ७:१४ मा प्रकाशित

प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । आइतबार पृतनापति समन्वयात्मक बैठकको उद्घाटन गर्दै ओलीले सेनालाई सुम्पेको कुनै पनि काम सफलता पूर्वक सम्पन्न भएको भन्दै सेनाको प्रशंसा गर्नुभएको हो । विकास निर्माणका कामदेखि कोरोना नियन्त्रणमा नेपाली सेनाको खेलेको भूमिका उल्लेखनीय रहेको ओलीको भनाइ थियो। उहाँले झण्डै तीन वर्षको अवधिमा सरकार सञ्चालनमा सेनाले आफूलाई सहयोग गरेको समेत उल्लेख गर्नुभयो ।

‘कोभिड–१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणको कार्य तथा बाढी, पहिरो र डुबान जस्ता विपद्को अवस्थामा निर्वाह गर्दै आएको भूमिकालगायत सिन्धुपाल्चोक जिल्लामा हालसालै स्थानीय जनताको सुरक्षाको लागि सम्पन्न गरेको ‘अपरेसन नाम्फा जोगाउ’ को सफलताको लागि म नेपाल सरकारको तर्फबाट उच्च मूल्याङ्कन गर्दछु,’ ओलीले पृतनापति समन्वयात्मक बैठकमा भन्नुभयो ।

प्रधानमन्त्रीले कोरोना नियन्त्रणमा पनि सेनाको सहयोग स्मरणीय भएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाईमा नेपाली सेनाले केन्द्रदेखि प्रदेश र स्थानीय सरकारहरुलाई र्पुयाएको सहयोगको म मुक्तकण्ठले प्रशंसा गर्दछु। वस्तुतः विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको सम्पूर्ण व्यवस्थापन कार्य, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, कोभिड–१९ सम्बन्धमा विभिन्न माध्यमबाट गर्दै आएको जनचेतना अभिबृद्धि कार्य समेत उल्लेखनीय छन्। कोभिड–१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि नेपाल सरकार उच्च प्रशंसा गर्दछ।’

उहाँले सेनालाई भरपर्दो र गर्विलो इतिहास भएको संस्थाका भनि चित्रण समेत गर्नुभएको छ । ‘नेपाली सेनाले निर्माण सम्पन्न गरी हालै हस्तान्तरण गरेको छ। त्यसैले सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ, प्रधानमन्त्रीले भन्नुभयो– ‘सरकार प्रमुखका हैसियतले नेपाली सेनाका सम्पूर्ण जवानहरुको कर्तव्यपरायणता, राष्ट्रप्रतिको बफादारिता, देशभक्ति र समर्पण मेरो लागि पनि गर्वको विषय हो।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू