अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३५
| Colorodo: 23:50
प्रहरीले पर्साको वीरगन्जको एउटा अपार्टमेन्टबाट २३ किलो सुन बरामद गरेको छ।वीरगन्ज महानगरपालिका–५ स्थित गणेश अपार्टमेन्टमा छापा मारि २३ किलो सुन बरामद गरेको हो । बरामद सुनमध्ये २२ किलो विस्कुट आकारको र एक किलो गरगहना रहेको बताइएको छ।
अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो । पन्तका अनुसार सुन कसको हो खुलिसकेको छैन। सुनसँग कोही व्यक्ति पक्राउ परेका पनि छैनन्।