अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:११ | Colorodo: 21:26

बुढीगण्डकीमा अर्बाैँ रकम भ्रष्टाचार गरेको आरोप निराधारः प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:२१ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी आयोजनामा अर्बौँ भ्रष्टाचार गरेको भन्दै आफूमाथि लागेको आरोप निराधार रहेको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले केही समयअघि प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्बौँ घुस लिएको आरोप सार्वजनिक रुपमा लगाउनुभएको थियो ।

शुक्रबार प्रहरी दिवस समारोहमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्रीले उक्त आरोप निराधार रहेको बताउनुभयो । भट्टराईको नाम नलिएरै प्रधानमन्त्री ओलीले निर्णय नै नभएको, काम नै सुरु नभएको आयोजनामा अर्बौँको भ्रष्टाचार गरेको भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएको ठहर गर्नुभयो ।
‘निर्णय नभएको, कार्यआरम्भ नभएको, हुन्छ या हुँदैन ? कसले गर्छ ? भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीले यति अर्ब बाँडेर खाए भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको समेत सुनेको छु । यस्ता गैरजिम्मेवार र निराधार अभिव्यक्ति एउटा कुरा हो । तर हामी त्यस्तो गैरजिम्मेवार हुन सक्दैनौँ’, प्रधानमन्त्रीले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू