अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५५ | Colorodo: 16:10

‘म बलात्कार गर्न निस्कँदै छु’ भन्ने युवक पू्र्वी नवलपरासीबाट पक्राउ

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:१८ मा प्रकाशित

नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साईबर ब्युरोको टोलीले नविन बस्नेतलाई पक्राउ गरेको हो।

उनी नवलपरासीकै हुन्। ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमा उनले उक्त स्टाटस लेखेको ब्युरोका प्रमुख नविन्द अर्यालले जानकारी दिनुभयो । ‘उक्त फेसबुक ग्रुपमा उनको भूमिका के थियो भन्नेबारे अनुसन्धान भइरहेको अर्यालले बताउनुभयो ।

राजधानीमा महिला अधिकारकर्मीले ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेको केही समयमा फेसबुकमा उक्त ग्रुप देखिएको थियो। बस्नेतले यसअघि पनि केही उच्च ओहोदाका व्यक्तिलाई ‘आई विल किल यू’ भन्ने स्टाटस लेखेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू