अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३३ | Colorodo: 07:48

“भूमिगत समूहलाई निस्तेज पार्न प्रहरीले सम्झौता गर्ने छैन” – गृहमन्त्री थापा

बिआरटीनेपाल २०७७ असोज ३० गते ७:०८ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापाले भूमिगत समूह र गठबन्धनलाई निस्तेज पार्न कहीं पनि सम्झौता नगरी अगाडि बढ्न प्रहरीलाई निर्देशन दिनुभएको छ । ६५ औँ प्रहरी दिवसका अवसरमा गृहमन्त्री थापाले राजनीतिक आवरणमा चन्दा असुली गर्ने र जनताको अधिकार प्रयोगबाट वञ्जित गराउने समूहलाई प्रहरीले कारबाही गर्ने विश्वास ब्यक्त गर्नुभयो । प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा गृहमन्त्री थापाले संविधानलाई चुनौती दिने भूमिगत समूहलाई निस्तेज पार्ने बताउनुभयो ।

संविधानको उपलब्धिलाई चुनौती दिँदै भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली, विकास निर्माणमा अवरोध र आम नागरिकका हक अधिकार निर्भिकताका साथ प्रयोग गर्ने वातावरणमा अड्चन पैदा भर्यरहेको उल्लेख गर्दै मन्त्री थापाले त्यस्ता गठबन्धन समूहलाई निस्तेज पार्न प्रहरीले सूचना संकलन, विश्लेषण र फिल्ड अपरेसनमा कतै पनि सम्झौता नगर्ने प्रष्ट पार्नुभयो ।

प्रहरी पनि समाजको अंग भएकाले समाजमा देखा पर्ने प्रवृत्ति प्रहरी संगठनमा पनि देखिने गृहमन्त्री थापाको भनाइ थियो । उहाँले प्रहरी र देशमा परिवर्तन चाहने समाजले पहिला आफ्नो मानसिकतामा परिवर्तन गर्न जरुरी रहेको समेत बताउनुभएको छ ।नेपाल प्रहरीलाई संघीय संरचना परिवर्तन गर्दा थप सुदृढ हुने गृहमन्त्री थापाको भनाइ थियो । उहाँले प्रहरीको सेवा र सुविधामा मन्त्रालयले थप लगानी गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू