अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 19:09

बूढीगण्डकी परियोजनामा ओली र प्रचण्डले घुस लिएको प्रमाण देखाउन बाबुरामलाई नेकपाको चुनौती

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:२१ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बूढीगण्डकी जलविद्युत् आयोजनामा घुस लिएको प्रमाण पेस गर्न चुनौती दिएको छ ।नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेस गर्न चुनौती दिनुभएको हो ।

विज्ञप्तिमा श्रेष्ठले भट्टराईको अभिव्यक्ति आधारहीन, झुट, गलत, कपोलकल्पित एवं दूराशयपूर्ण रहेको दाबी गर्नुभएको छ । विज्ञप्तिमा बूढीगण्डकी आयोजनामा घुस लिएको कुनै प्रमाण भए राज्यको आधिकारिक निकायमा पेस गर्न भनिएको छ ।केही दिनअघि गोरखामा डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री प्रचण्ड र शेरबहादुर देउवाले बूढीगण्डकी परियोजनामा नौ अर्ब रुपैयाँ घुस लिएको प्रमाण आफूसँग रहेको बताउनुभएको थियो । डा. भट्टराईको भनाइ भ्रामक भएको भन्दै नेपाली कांग्रेसले यसअघि नै विज्ञप्ति निकालेर विरोध जनाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू