अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५० | Colorodo: 01:05

संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषदको सदस्यमा नेपाल पुनः निर्वाचित

बिआरटीनेपाल २०७७ असोज २८ गते ७:१९ मा प्रकाशित

संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि पनि चयन भएको छ ।राष्ट्रसंघको मुख्यालयमा मंगलबार राति भएको निर्वाचनमा नेपाल सन् २०२१–०२३ सम्मको तीन वर्षे कार्यकालका लागि फेरि निर्वाचित भएको हो । मतदानमा नेपालले १ सय ५० मत प्राप्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाली फेरि निर्वाचित भएपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले ट्वीट गर्दै नेपालीलाई १ सय ५० मतका साथ विजयी गराउने सबै देशलाई धन्यवाद दिनुभएको छ ।नयाँ कार्यकालका लागि निर्वाचित अन्य सदस्यमा अफ्रिकाबाट आइभरिकोस्ट, गाबोन, मावाली र सेनेलग, पूर्वी युरोपबाट रुस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको र पश्चिम युरोपबाट बेलायत र फ्रान्स छन् ।

एसिया प्रशान्त क्षेत्रको सदस्यका रुपमा नेपालसँगै चीन, पाकिस्तान र उज्वेकिस्तान पनि निर्वाचित भएका छन् । तीन वर्षे नयाँ कार्यकाल सन् २०२१ जनवरीबाट सुरु हुनेछ । यसअघि सन् २०१८–०२० का लागि पनि नेपाल निर्वाचित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू