अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

“बलात्कारी संगठन” नामक फेसबुक ग्रुपमाथि प्रहरीको अनुसन्धान

बिआरटीनेपाल २०७७ असोज २७ गते ७:३७ मा प्रकाशित

नेपाल प्रहरीले ’बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमाथि अनुसन्धान थालेको छ । नेपाल प्रहरीको केन्द्रीय कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायतका अनुसार सो ग्रुप खोल्नेहरूको खोजी भइरहेको छ।

ग्रुप खोल्नेहरूलाई पक्राउ र कारबाही गर्न आवश्यक अनुसन्धान भईरहेको उहाँले बताउनुभयो । उनीहरूलाई नेपाल साइबर ब्युरो तथा अन्य युनिटहरूले पनि खोजी गरिरहेको छ। उनीहरूमाथि कुन मुद्दा चलाउने भन्नेबारे पक्राउ परिसकेपछिमात्रै थाहा हुने एसएसपी कडायतले बताउनुभयो ।

यसअघि, गत शनिबार बढ्दो बलात्कारका घटनाविरूद्ध स्वतन्त्र महिलाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका थिए। उनीहरूले ’तँ बलात्कारी होस’ भन्ने गीत गाएर सांकेतिक विरोध गरेका थिए। सो प्रदर्शनले सामजिक सञ्चालमा चर्चासमेत पाएको थियो। तर केही युवाहरूले भने त्यसैको विरोध स्वरूप बलात्कारी संगठन भन्दै ग्रुप खोलेको बुझिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू