अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२३ | Colorodo: 09:38

यस्ता छन् एभोकार्डो फल खानुका फाइदा

बिआरटीनेपाल २०७७ असोज २६ गते ७:५६ मा प्रकाशित

यतिबेला एभोकार्डो फलको मौसम मानिन्छ । नेपालीमा घिउ फल भनिने यो फल खाँदा प्रशस्त फाइदा हुने गरेको विज्ञहरुको भनाइ छ । यसमा प्रशस्त फ्याट र कार्बोहाइड्रेट हुने भएकाले बहुउपयोगी मानिन्छ ।बिदेशमा एभोकाडोलाई संसारकै पोषक तत्व भएको फल मानेर खाने गरिन्छ । नेपालमा पनि यो फलको बारेमा भर्खर चेतना विस्तार भएको पाइन्छ ।मेस्किको, पेरु, इन्डोनेसिया, कोलम्बियालगायतका देशमा यो फल प्रशस्त उत्पादन हुन्छ । नेपालको धनकुटामा यसको खेती सुरु पनि गरिएको छ ।

नेपालमा व्यवसायिक खेती नै नगरेपनि उपयोगी फल हो भन्ने नेपालीहरुले बुझ्न थालेका छन् । यो फल पाचनप्रणालीदेखि लिएर डिप्रेरसन र क्यान्सरका रोगीलाई समेत फाइदाकर मानिन्छ।यो फलमा विभिन्न २० थरीका भिटामिन तथा खनिज पाइन्छ। एभोकाडोले मोटोपन, मधुमेह, मुटुको रोग घटाउन पनि सहयोग गर्छ।एभोकार्डोमा भिटामिन र खनिज तत्व पर्याप्त मात्रामा पाइन्छ। एउटा एभोकार्डोमा ६४ क्यालोरी हुन्छ। राइवोप्लाविन, नियासिन, फोलेट, पयान्टोथेनिक एसिड, म्याग्नेसियम र पोटासियम पनि यो फलमा पाइन्छ।

बिटाक्यारोटिन र ओमेगा–३ चिल्लो एसिड पनि यसमा पाइन्छ। यसले रगतमा ग्लुकोजको मात्र नियन्त्रण गर्न मद्दत गर्छ।

मुटु स्वस्थ राख्छ
शरीरका लागि आवश्यक सम्पूर्ण पोषक तत्वहरु एभोकाडोको सिङ्गोफलबाट पाउन सकिन्छ । यसका साथै यो फलमा कोलेस्ट्रोल नहुने भएकाले पनि यसलाई जोकोहीले सेवन गर्न सक्छ ।

एउटा एभोकार्डोमा २५ मिलिग्राम चिल्लो हुन्छ। यसलाई बेटा–सिस्टेरोल भनिन्छ। यसमा रहेको चिल्लो पदार्थ स्वस्थवर्धक मानिन्छ। एभोकार्डो नियमित खाएमा रगतमा भएको कोलस्ट्रोललाई सन्तुलन राख्न सहयोग पुग्छ।

दृष्टि क्षमता बढाउँछ

एभोकार्डोमा लुटिन र जियाक्जाथिन गरी दुई रसायन पाइन्छ । यी रसायनले आँखाको कोषमा एन्टिअक्सिडेन्टविरुद्ध सुरक्षा प्रदान गर्छन। यी रसायनले आँखाका कोषिकालाई नष्ट हुनबाट बचाउँछन् र अल्टाभाइलेट प्रकाश प्रदान गर्छन्।
घुँडा दुख्ने रोगका लागि उपयोगी
एभोकार्डोमा पाइने भिटामिन ‘के’ हड्डी स्वास्थ्यका लागि अतिलाभदायी मानिन्छ। दैनिक आधा एभोकार्डो खाने हो भने पनि २५ प्रतिशत भिटामिन ‘के’ प्राप्त हुन्छ।

क्यान्सरका लागि राम्रो

पर्याप्त मात्रामा यो फलको प्रयोगले आन्द्रा, पेट, प्याङ्क्रियाज र पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ भन्ने दाबी गरिएको छ। यसमा रहेको ‘फोलेट’ तत्वले अनावश्यक सेल बढ्न दिंदैन। क्यान्सर लाग्न नदिन र क्यान्सर लागिसकेपछि पनि उपचारमा यो फल सहयोगी मानिन्छ। केही अनुसन्धानकर्ताका अनुसार यसमा रहेको फिटोकेमिकलले बढ्न लागेका क्यान्सरका कोषलाई रोक्छ।

गर्भपतन रोक्छ

आमाको दूध खाने र गर्भमा रहेका शिशुका लागि फोलेट अनिवार्य पर्छ। एभोकार्डो नियमित सेवन गरेमा पोषणको कमीले हुने गर्भपतन हुँदैन। एमसी गिल विश्वविद्यालयले गरेको अनुसन्धानअनुसार ३० प्रतिशत गर्भपतन गर्भावस्थामा हुने फोलेटको कमीले हुन्छ।

डिप्रेसनमा कमी

यो फलमा उच्च मात्रामा रहेको फोलेट तत्वले डिपे्रसन हुनबाट बचाउन सक्छ। किनकि फोलेटले होमोसिस्टाइन उत्पादन गरी मस्तिष्कमा पठाउँछ। यसले मस्तिष्कमा हुने सेरोटोनिनी, डोपामिन प्रभावित गर्छ। जसले थकान, निद्रा र मुडलाई नियन्त्रणमा राख्छ।

पाचन प्रक्रियामा सहयोगी

एभोकार्डोमा पर्याप्त मात्रामा फाइवर, क्रिमजस्ता तत्व पाइन्छन्। फाइवरयुक्त खानाले कब्जियत हुन दिँदैन र पाचनप्रणाली चुस्त बनाउँछ। पाचन प्रणाली राम्रो हुँदा आन्द्राको क्यान्सर हुने जोखिम कम हुन्छ।

शरीरबाट विकार हटाउँछ

एभोकार्डो नियमित सेवन गर्दा प्राकृतिक रुपमै शरीरमा भएको विकार निर्मलीकरण गर्छ। यसको सेवनले शरीरमा रहेको दूषित रसायन दिसा या पिसावको माध्यमबाट बाहिर निस्कन्छ।

रक्तचापलाई कम गराउँछ

पोटासियम एउटा यस्तो तत्व हो जसले शरीर भित्रका महत्वपूर्ण प्रणाली सञ्चालन गर्न मद्दत गर्छ । केरामा १० प्रतिशत पोटासियम हुन्छ भने एभोकाडोमा १४ प्रतिशत पोटासियम हुन्छ ।

चिकित्सकका अनुसार अधिक पोटासियमले उच्च रक्तचापलाई नियन्त्रण गर्न मद्धत गर्छ र हृदयघात अनि किड्नी फेल हुनबाट समेत बचाउँछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू