अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२
| Colorodo: 04:27
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ज्वरो आएपछि शनिबार पाटन अस्पतालमा भर्ना हुनुभएका मन्त्री पोखरेलको आइतबार बिहान भएको परीक्षणमा कोरोना पुष्टि भएको उहाँको सचिवालयले जनाएको छ । पोखरेलको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्रीलाई कोरोना देखिएपछि उहाँको परिवार र सचिवालयका कर्मचारीको पनि परीक्षण हुँदैछ ।