अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४६ | Colorodo: 04:01

डा.केसीसँगको सम्झौता कार्यान्वयन गर्न काँग्रेसको सरकारसँग आग्रह

बिआरटीनेपाल २०७७ असोज २५ गते ७:२६ मा प्रकाशित

नेपाली कांग्रेसले डा गोविन्द केसी र सरकारबीच भएको सहमतिको स्वागत गरेको छ । साथै कांग्रेसले विगतका सहमति उल्लङ्घन नगर्न र खबरदारी जारी राख्न सबैमा अपीलसमेत गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत् यही असोज २४ गते मध्यरातमा गरिएको आठ बुँदे सहमति इमान्दार ढङ्गले कार्यान्वयन गर्दै अघि बढ्न सरकारलाई सजगता समेत गराउनुभएको छ ।

उहाँले कांग्रेस नेतृत्वको अघिल्लो सरकारले डा केसीका माग पूरा गर्दै जारी गरेको अध्यादेश विस्थापित गर्नु र डा केसीसँगको अघिल्लो सहमति उल्लङ्घन गर्नुको कारण पछिल्लो द्वन्द्व सिर्जनासमेत भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू