अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२२ | Colorodo: 08:37

आइसोलेसनमा नबस्ने कोरोना संक्रमितलाई ६ महिना जेल हाल्ने सरकारको चेतावनी

बिआरटीनेपाल २०७७ असोज २३ गते ७:२६ मा प्रकाशित

सरकारले घरमै आइसोलेसनमा नबस्ने कोरोना संक्रमितलाई ६ महिना जेल हाल्ने चेतावनी दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले आइसोलेसनमा नबस्ने कोरोना भाइरस संक्रमितलाई कारवाही गरिने चेतावनी दिनुभएको हो । कोरोनाबाट संक्रमित भएकाहरुलाई आइसोलेसनसम्म उपलब्ध गराउन नसक्ने सरकारले शुक्रबार यस्तो चेतावनी दिएको हो ।

गौतमले पछिल्लो समय संक्रमितहरु होम आइसोलेसनमा नबसेको पाईएको उल्लेख गर्दै अस्पतालको आइसोलेसनमा नभएर घरमै बसिरहेका व्यक्तिहरु आइसोलेसनमा नबसेर बाहिर निस्केको सूचना प्राप्त भए कानुन अनुसार कारवाही हुने स्पष्ट पार्नुभयो ।

संक्रामक रोग ऐनअनुसार आइसोलेसनमा नबस्ने संक्रमितलाई ६ महिना जेल सजाँय गर्ने चेतावनी डा. गौतमले दिनुभएको हो । संक्रमणबाट जोगिनका लागि भिडभाडमा नजान, मास्कको सही प्रयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू