अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 05:49

अनसनरत् डा. केसीको पक्षमा नेविसंघद्धारा प्रदर्शन

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:३१ मा प्रकाशित

स्वास्थ्य शिक्षा सुधारको माग गर्दै २५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल विद्यार्थी संघले कोटेश्वरमा प्रदर्शन गरेको छ। नेपाल विद्यार्थी संघ कोटेश्वर बहुमुखी क्याम्पसले डा.केसीको समर्थनमा सरकारविद्ध प्रदर्शन गर्दै उहाँको जीवनको रक्षा गर्न माग गरेको हो ।

विरोध कार्यक्रममा बोल्दै नेविसंघका नेता कुन्दनराज काफ्लेले सरकार गरीबको रगत चुस्ने बिचौलयाको पक्षमा लागेको र धनी र बिचौलियाको लागि यी सबै काम भइरहेको आरोप लगाउनुभयो । उहाँले डा.केसीको जीवन रक्षाको लागि सकारात्मक वार्ता नगरे देशभरबाट नेविसंघले आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

डा.केसीको जीवन रक्षाको माग गर्दै चिकित्सक संघ, विभिन्न दल तथा सामाजिक संघसंथाहरुले समर्थन गर्दै प्रदर्शन गर्दै आएका छन् भने देशभरका मेडिकल कलेजका मेडिकल विद्यार्थीहरु पनि आन्दोलित भएका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू