अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

“दशैँका बेला सार्वजनिक स्थानमा पिङ नहाल्नु”- स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:३० मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संक्रमण तीब्र गतिमा बढेको भन्दै दशैँका बेला सार्वजनिक स्थानमा पिङ नहाल्न आग्रह गरेको छ । मन्त्रालयको नयमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यस्तो आग्रह गर्नुभएको हो ।

साथै उहाँले आवतजावत र भीडभाड चुनौतीपूर्ण भएको भन्दै यसपालिको दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाउन आग्रह गर्नुभयो । प्रवक्ता डा. गौतमले सामान्य ज्वरो आउँदा पनि मानिसहरु अस्पताल जाँदा जटिल संक्रमितहरुले बेड नपाउने अवस्था रहेको बताउनुभएको छ । अस्पताल जाने आउने क्रममा संक्रमण फैलिन सक्ने खतरा भएको भन्दै सावधानी अपनाउन समेत गौतमले सवैलाई अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू