अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०४ | Colorodo: 17:19

युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा

बिआरटीनेपाल २०७७ असोज २२ गते ७:२२ मा प्रकाशित

भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ ।एक्सडीए–डेभलपर्सकाअनुसार परीक्षणकारुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाईमात्र उपलब्ध हुनेछ ।

केही छानिएका गुगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको ‘दी भर्ज‘ले जनाएको छ ।प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत् खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउनेछन् ।

प्रिमियम सेवा लिन ग्राहकले प्रतिमहिना करिब १२ अमेरिकी डलर तिर्नुपर्नेछ । ग्राहकले विज्ञापनरहित, पृष्ठभूमिका अन्य सामग्री हटाएरपनि भिडियो हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन् ।

प्रतिक्रिया